माधव नेपालको सन्देश लिएर पेरिसडाँडा पुगे विजय पौडेल

माधव नेपालको सन्देश लिएर पेरिसडाँडा पुगे विजय पौडेल

काठमाडौं : एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेल पेरिसडाँडा पुगेका छन्।

पार्टी अध्यक्ष माधवकुमार नेपालको सन्देश लिएर उनी प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न पेरिसडाँडा पुगेका हुन्।

बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएपछि पौडेल पेरिसडाँडा पुगेका थिए।

प्रधानमन्त्री दाहाललाई भेटेर बाहिर पौडेल निस्केको केहिबेरपछि दाहाल बाहिरिएका थिए।

दाहाल बाहिरिएपछि पौडेलसँग पत्रकारले कुराकानी गर्न खोज्दा उनले आनाकानी गरे र भने, ‘अहिले कुराकानी नगरौं, म यो ठाउँको मान्छे पनि होइन, सन्देश एउटा लिएर आएको।’

सञ्चारकर्मीले ल्याउनुभएको सन्देशकै बारेमा कुराकानी गरौं भनेर अनुरोध गर्दा उनले अहिले कुराकानी नगरौं भनेर टारे।

एकीकृत समाजवादी अहिले प्रतिपक्षमा छ। यद्यपि उसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत भने दिएको थियो। प्रतिनिसभामा एकीकृत समाजवादीका १० सांसद् छन्।

१९ माघ, २०७९, १७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।