झापामा सिटी सफारी अनियन्त्रित भइ पल्टिंदा चालकको मृत्यु

काठमाडौं: झापाको मेचिनगर नगरपालिकामा सिटी सफारी अनियन्त्रित भइ पल्टिंदा चालकको मृत्यु भएकाे छ।
मेचिनगर नगरपालिका-६ पूर्व-पश्चिम राजमार्गमा भएको दुर्घटनामा परी सिटी चालक मेचिनगर-७ का ७३ बर्षीय जय नारायण ढुंगानाको मृत्यु भएकाे हाे।
आज बिहान राजमार्गकाे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ह ७६२९ नम्बरको सिटी आफैं अनियन्त्रित भएर दुर्घटना भएकाे थियाे।
जसमा घाइते भएका ढुंगानाको उचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ।