बुटवलका बासिन्दाले पाउने भए रगत सम्बन्धी सबै सेवा निःशुल्क

बुटवलका बासिन्दाले पाउने भए रगत सम्बन्धी सबै सेवा निःशुल्क

बुटवल: बुटवलका बासिन्दाका लागि रगत सम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ। बुटवल उपमहानगरपालिकाले यसका लागि बिहीबार रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरेकाे छ।

जसअनुसार अब बुटवलभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरुमा उपचार गराउँदा आवश्यक पर्ने रगत र रगतजन्य सेवा लिंदा शुल्क नलाग्ने व्यवस्था भएको हो।

यस सम्झौतामा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासले हस्ताक्षर गरे।

उपमहानगर प्रमुख खेलराज पाण्डेयले याे व्यवस्था पछि सबैभन्दा बढी लाभ विपन्न वर्गलाई हुने बताए।

बुटवल र रक्तसञ्चार केन्द्रबीचको याे समझदारी आजकाे सम्झौता लगत्तै कार्यान्वयन हुने र यसले बिरामीलाई ठूलो राहत मिल्ने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए।

१९ माघ, २०७९, १७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।