रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै आत्मदाह गरेका कार्की भन्छन्- ‘मलाई यो देशमा बस्नै मन छैन’ (भिडियो)

रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै आत्मदाह गरेका कार्की भन्छन्- ‘मलाई यो देशमा बस्नै मन छैन’ (भिडियो)

काठमाडौं : रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रूपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन्।

मेडिकल कलेजको गेटअगाडि शरीरमा पेट्रोल छर्किएर लाइटर बाल्न खोज्दा प्रहरीले तत्काल उनलाई उद्धार गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा कार्कीले आफूलाई देशमा बस्नै मन लागेको र रविलाई न्याय दिनुपर्ने बताएका छन्। उनले रविलाई न्याय दिनुपर्ने र तत्काल गृहमन्त्रीमा नियुक्त गर्नुपर्ने माग राखेका छन्।

१९ माघ, २०७९, १६:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।