शेयर बजारमा दोहोरो अंकको गिरावट, आदर्श लघुवित्तमा सर्किट लाग्यो

शेयर बजारमा दोहोरो अंकको गिरावट, आदर्श लघुवित्तमा सर्किट लाग्यो

काठमाडौं : कारोबार हुने साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आयो।

बिहीबार नेप्से परिसूचक २२.१२ अंकले घटेर २०९४.५४ विन्दुमा झर्दा ‘क’ वर्गको कम्पनीको कारोबार हेर्ने सेन्सेटिभ परिसूचक २.८ अंकले घटेर ३९८.३७ विन्दुमा ओर्लियो।

आज १३ उपसूचक समूहमध्ये कुनै पनि बढ्न सकेन। सबैभन्दा बढी नोक्सान जीवन बीमा समूहमा २.१७ प्रतिशतले हुँदा त्यसपछि जलविद्युत्मा २.०६ प्रतिशतले घट्यो।

बजार घटेसँगै कारोबार रकममा पनि कमी आयो। करिब चार अर्बसम्मको कारोबार भइरहेको बजार आजकल २ अर्बमा झर्न थाल्यो। यसदिन २५७ कम्पनीको ५८ लाख ९८ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ६४ लाखभन्दा बढीको कारोबार भयो।

यसदिन आदर्श लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा लगानी भने स्ट्यान्डर्ड चार्टड बैंकमा बढि भयो। बिहीबार यस बैंकमा १० करोड रुपैयाँभन्दा बढिको कारोबार हुँदा एनआईसी एसिया बैंकमा ५ करोडको कारोबार गर्यो।

१९ माघ, २०७९, १५:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।