याे वर्ष म्याग्दी जिल्लाले मात्रै बेच्याे २० करोडको सुन्तला

याे वर्ष म्याग्दी जिल्लाले मात्रै बेच्याे २० करोडको सुन्तला

म्याग्दी: याे वर्ष म्याग्दी जिल्लाबाट मात्र २० करोड रुपैयाँ मूल्य बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

केन्द्रका प्रमुख किरन सिग्देलका अनुसार याे सिजन म्याग्दीका अधिकांश बगैंचाको सुन्तला निकासी भइसकेको छ।

म्याग्दीमा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौं, पोखरा, मुग्लिन लगायतका बजारमा निकासी हुने गरेकाे छ।

‌औसतमा प्रतिकिलो रु ६० का दरले रु २० करोड मूल्यको सुन्तला निकासी भएको सिग्देलले बताए। सुन्तलाका लागि अनुकूल मौसम भएको र याे वर्ष रोगकाे समस्या नदेखिएकाले उत्पादन बढेको उनले जानकारी गराए।

१९ माघ, २०७९, १५:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।