बाइडेन निवासमा एफबीआईको छापा

बाइडेन निवासमा एफबीआईको छापा

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा एफबीआईले छापा मारेको छ।

डेलावेयरस्थित घरमा एफबीआईले बुधबार चार घण्टासम्म छापा मारेको बाइडेनका वकिल बब बाउरले बताएका छन्। उनले यसमा राष्ट्रपतिको पूर्ण सहमति रहेको समेत बताए।

बाराक ओबामा राष्ट्रपति भएको बेला उपराष्ट्रपति रहेका बाइडेन उपराष्ट्रपतिको रूपमा संवेदनशील कागजातहरू समावेश भएको मामलामा व्यापक अनुसन्धानको एक हिस्सा बनेका थिए।

यद्यपि एफबीआईले यस विषयमा अहिलेसम्म केही पनि बताएको छैन। यो सर्च अपरेसन राष्ट्रपतिको सहमतिमा गरिएकाले सर्च वारेन्टको आवश्यकता नपरेकोसमेत बाउरको दाबी छ।

बाउरले एफबीआईले कुनै खास कागजात नपाएको तर सन् २००९ देखि २०१७ को अवधिमा केही ‘विशेष हस्तलिखित नोट’ फेला परेको बताए, जसलाई एफबीआईले ‘समीक्षा’का लागि साथै लिएर गएको छ।

वासिङ्टनको पेन बिडेन सेन्टरको कार्यालयमा केही संवेदनशील जानकारी भएका कागजातहरू फेला परेका थिए, त्यसपछि धेरै ठाउँमा खोजी गरिएको थियो। डेलावेयरमा राष्ट्रपति बिडेनको घरको खोजी पनि त्यही अभियानको हिस्सा हो।

डिसेम्बर र जनवरीमा बिडेनको डेलावेयर निवासमा गरिएको खोजी अभियानमा धेरै महत्त्वपूर्ण कागजातहरू फेला परेका छन्। अहिलेसम्म भेटिएका संवेदनशील कागजातको यकिन संख्या नआए पनि जनवरीमा मात्रै गरेको खोजीमा दर्जनौं कागजात फेला परेको बताइएको छ।

१९ माघ, २०७९, १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।