दुई लघुवित्तले गरे लाभांशकाे घोषणा, कसकाे कति?

काठमाडौं: आदर्श लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्तले लाभांश घोषणा गरेका छन्। दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन्।
आदर्श लघुवित्तले २१.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लघुवित्तले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
यस्तै, नाडेप लघुवित्तले १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। लघुवित्तले १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगदको प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती तथा कम्पनीको आगामी साधारणसभाबाट पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ।