अस्पतालमा आगलागी हुँदा निसास्सिएर तीन जनाको मृत्यु

अस्पतालमा आगलागी हुँदा निसास्सिएर तीन जनाको मृत्यु

एजेन्सी: इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा तीन जनाको ज्यान गएको छ भने ३२ जना भन्दा बढी घाइते भएका छन्।

बुधबार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा आगो लागेको इजिप्टको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

कायरोको एइ मातारियाल जिल्लामा रहेको च्यारिटेबल अस्पतालको रेडियोलोजी विभागमा आगो सल्केको थियो। आगो सल्किएपछि त्यहाँ रहेका ठूलो संख्याका मानिसहरु निसास्सिएर घाइते भएका थिए। 

१९ माघ, २०७९, १४:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।