राष्ट्रपति निर्वाचनका लागि आन्तरिक तयारी गर्दै कांग्रेस, राष्ट्रिय सभाको उपाध्यक्षका लागि अन्य दलसँग छलफल गर्ने

राष्ट्रपति निर्वाचनका लागि आन्तरिक तयारी गर्दै कांग्रेस, राष्ट्रिय सभाको उपाध्यक्षका लागि अन्य दलसँग छलफल गर्ने

काठमाडौं: नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलसँग छलफल गर्ने भएको छ। कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले निर्वाचनका लागि विपक्षी गठबन्धनमा रहेका दल तथा सत्ता गठबन्धनका अन्य राजनीतिक दलसँग छलफल एवं परामर्श गरेर अघि बढ्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बसेको बैठकले विपक्षी गठबन्धनमा रहेको एकीृकत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा तथा सत्ता गठबन्धनमा आबद्ध अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ।

प्रमुख सचेतक लेखकले कांग्रेस संसदीय दलको बैठक यही माघ २६ गते दिउँसो १ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने निर्णय भएको जानकारी दिए।

उनले पार्टीले राष्ट्रपति निर्वाचनका लागि आन्तरिक तयारी समेत गरिरहेको बताए। राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका यही माघ २३ मा हुँदैछ।

१९ माघ, २०७९, १२:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।