म्यानचेस्टर युनाइटेड इएफएल कपको फाइनलमा, उपाधिका लागि न्यूक्यासलसँग भिड्ने

म्यानचेस्टर युनाइटेड इएफएल कपको फाइनलमा, उपाधिका लागि न्यूक्यासलसँग भिड्ने

एजेन्सी: इ‌ंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड इएफएल कपको फाइनलमा प्रवेश गरेको छ। युनाइटेडले सेमिफाइनलकाे दाेस्राे लेगमा अर्काे प्रिमियर लिग क्लब नटिङहम फरेस्टलाई २-० ले हरायाे।

पहिलो लेग ३-० ले जितेको म्यानचेस्टर युनाइटेडले यो जितसँगै समग्रमा ५-० काे जितसहित इएफएल कपको अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो।

गए राति घरेलु मैदानमा भएको खेलमा युनाइटेडको जितमा मार्सियाल र फ्रेडले एक/एक गोल गरेका थिए। अब युनाइटेडले उपाधिका फाइनलमा न्यूक्यासल युनाइटेडसँग भिडन्त गर्नेछ।

१९ माघ, २०७९, ११:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।