डाक्टरको चुनाव : उपत्यकामा मतदान सुरु

काठमाडाैं: नेपाल चिकित्सक संघको निर्वाचन अन्तर्गत काठमाडौं उपत्यकामा मतदान सुरु भएको छ। मतदान केन्द्र नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बिहान नौ बजेदेखि मतदान सुरु भएको चिकित्सक संघले जनाएको छ।
यसअघि नै माघ ६ र ७ गते संघका १६ वटा शाखा कार्यालयमा निर्वाचन भइसकेको छ। उपत्यकामा भने आजबाट मतदान सुरु भएकाे हो। उपत्यकामा बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिन मतदान हुनेछ।
नेपाल चिकित्सक संघको अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा. अनिल विक्रम कार्की, प्रगतिशील (पेशागत समावेशी) समूहबाट डा. सन्तोष पौडेल र स्वतन्त्रबाट डा. शिवजी विक्रम सिलवालको नेतृत्वको टिम चुनावी प्रतिष्पर्धामा छ।
महासचिवमा डा. सञ्जीव तिवारी, डा. रक्षा श्रेष्ठ र डा. अमृत भुसाल प्रतिष्पर्धामा छन्। संघको केन्द्रीय कार्यकारिणी समिति १९ जनाको रहने व्यवस्था छ।