परराष्ट्रमन्त्री पौड्याल आज श्रीलङ्का जाँदै

परराष्ट्रमन्त्री पौड्याल आज श्रीलङ्का जाँदै

काठमाडौं: परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल आज श्रीलङ्का भ्रमणमा जाँदैछिन्। श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसमा अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन उनी आज त्यता जान लागेकी हुन्। 

उनी आफ्ना श्रीलङ्काली समकक्षी अली साब्रीको निमन्त्रणामा कोलोम्बोमा यही माघ २० र २१ गते (फेब्रुअरी ३ र ४ तारिख) मा हुने विशेष समारोहमा अतिथिको रूपमा सहभागी हुन दिउँसो १२ बजे त्यता जाने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री पौड्यालले माघ २० गते कोलम्बोमा आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता चोकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लङ्कारालङ्का’मा सहभागी हुने कार्यक्रम छ।

यसैगरी उनी माघ २१ गते ७५औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने, श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने र राष्ट्रपतिले राष्ट्रपति भवनमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने छिन्।

परराष्ट्रमन्त्री डा. पौड्याल यही माघ २५ गते स्वदेश फर्किने कार्यक्रम छ।

१९ माघ, २०७९, ११:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।