बरहथवामा ट्र्याक्टरले ठक्कर दिँदा ६ वर्षीय बालकको ज्यान गयो, चालक फरार

बरहथवामा ट्र्याक्टरले ठक्कर दिँदा ६ वर्षीय बालकको ज्यान गयो, चालक फरार

काठमाडौं: सर्लाहीको बरहथवा नगरपालिका- १६ सीतापुर कटानीमा हिजो साँझ ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।प्रदेश २-०३-००१ त ६५५५ नम्बरको ट्र्याक्टले शिव इँटा उद्योगका कामदार भारतीय नागरिक शंकर छाउनीका अन्दाजी ६ वर्षीय छोरा हेमन्तलाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो।

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा हरिवनस्थित लीलावती अस्पतालमा मृत्यु भएको हो। चालक फरार भएकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय मुर्तिया सर्लाहीले जानकारी दिएको छ। 

१९ माघ, २०७९, ०९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।