देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन परेकाे रिट सर्वोच्चले दर्तै गर्न मानेन

देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन परेकाे रिट सर्वोच्चले दर्तै गर्न मानेन

काठमाडाैंः सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्धकाे रिट निवेदनलाई दर्ता गर्न अस्वीकार गरेको छ।

देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दै आज परेकाे रिट दर्ता गर्न सर्वोच्चले नमानेकाे हाे।

सभापति देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दै अधिवक्ता विमल पोखरेलले पेस गरेको रिट निवेदन दरपिठ भएको हो।

सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले संसद्को अधिकार क्षेत्रभित्रको कुरा अदालत प्रवेश गर्न नमिल्ने उल्लेख गर्दै दरपिठ गरेका हुन्।

रिट निवेदनमा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको हुनाले प्रमुख प्रतिपक्षको अधिकार दिन नमिल्ने उल्लेख छ।

प्रमुख प्रतिपक्ष दलको निर्णय गर्ने अधिकार संसद्लाई भएकाले अदालतबाट ब्याख्या गर्न नमिल्ने र सार्वजनिक सरोकारमा विषयका रुपमा आएको उक्त रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको दरपिठ आदेशमा उल्लेख छ।
 

१८ माघ, २०७९, १८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।