उपमहानगरहरूको प्रथम राष्ट्रिय सम्मेलन बुटवलमा हुने

उपमहानगरहरूको प्रथम राष्ट्रिय सम्मेलन बुटवलमा हुने

बुटवलः बुटवलमा उपमहानगरपालिकाहरुको प्रथम राष्ट्रिय सम्मेलन हुने भएको छ। बुटवल उपमहानगरको आयोजनामा यही माघ २१ र २२ गते राष्ट्रिय सम्मेलन हुने भएको हो।

उपमहानगरले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ।

उपमहानगर प्रमुख खेलराज पाण्डेयले उपमहानगरहरूका साझा समस्याहरुको समाधानमा एकीकृत पहल गर्ने र साझा तथा एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने उद्देश्य सहित सम्मेलनको आयोजना गरिएको बताए।

सम्मेलनमा देशका ११ वटा उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहनेछ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने उद्घाटन सत्रमा भने रुपन्देहीका सबै पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सरकारी कर्मचारी सहित ५ सय जनाको सहभागिता हुनेछ।

सम्मेलनको सबै खर्च बुटवल उपमहानगरपालिकाले बेहोर्ने बताइएकाे छ।

१८ माघ, २०७९, १७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।