नेप्सेमा सामान्य अङ्ककाे सुधार, काराेबार रकम भने ह्वात्तै घट्याे

नेप्सेमा सामान्य अङ्ककाे सुधार, काराेबार रकम भने ह्वात्तै घट्याे

काठमाडाैंः बुधबार नेप्से परिसूचकमा सामान्य अङ्ककाे सुधार देखिएकाे छ। आज परिसूचक ४.९७ अङ्कले बढेर २११६.६५ अङ्कमा कायम भएको हो।

यस दिन २६१ वटा कम्पनीको ५० लाख २४ हजार तीन सय ८१ कित्ता सेयर ३६ हजार आठ सय ७९ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ७६ करोड ७० लाख ५१ हजार नौ सय १६ बराबरको कारोबार भएको छ।

आज सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ६ करोडले घटेको हाे।

बुधबार लगानी, लघुवित्त, म्युचुअल फन्ड, व्यापार र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ।

आज आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

त्यसैगरी सबैभन्दा धेरै नेपाल बैङ्क लिमिटेडको रू पाँच करोड ९३ लाख ३९ हजार चार सय ४४ बराबरको दुई लाख २२ हजार ५५ कित्ता सेयर कारोबार भएको छ। 

१८ माघ, २०७९, १६:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।