स्कुल बसले ठक्कर दिँदा उर्लाबारीमा वृद्धको मृत्यु

स्कुल बसले ठक्कर दिँदा उर्लाबारीमा वृद्धको मृत्यु
साङ्केतिक तस्बिर

काठमाडौं: मोरङको उर्लाबारी नगरपालिका- ३ थापा चोकस्थित स्कुल बसको ठक्करबाट पैदलयात्री एक जना वृद्धको मृत्यु भएको छ। आज बिहान ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पञ्चायत मावि पथरीको ना६ख ६१८२ नम्बरको स्कुल बसले ठक्कर दिँदा पैदलयात्री स्थानीय ८० वर्षीय भीमबहादुर तामाङ घाइते भएका थिए।

उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो।

घटनामा संलग्न बस र चालक पथरी शनिश्चरे नगरपालिका-९ का ३० वर्षीय अनिल दंगाललाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भइरहेको छ।

१८ माघ, २०७९, १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।