१४ मिनेट मृत्युकाे मुखमा पुगेर फर्किंदा ५ वर्ष स्वर्गमा बसेकाे एक डाक्टरकाे दाबी

१४ मिनेट मृत्युकाे मुखमा पुगेर फर्किंदा ५ वर्ष स्वर्गमा बसेकाे एक डाक्टरकाे दाबी

एजेन्सीः लिण्डा क्रेमर नाम गरेकी एक डाक्टरले आफू १४ मिनेट मरेर फर्कंदा ५ वर्षसम्म स्वर्गमा बिताएको बताएकी छन्।

हुनतः यो घटना २१ वर्ष अगाडिको हो। तर हालसालै मिरर नामक एक प्रसिद्ध म्यागाजिनले यसलाई प्रकाशित गरेको छ।

मिररको रिपोर्टमा भनिएको छ, ‘उनी १४ मिनेट भन्दा धेरै समयसम्म चिकित्सकीय रूपले मृत थिइन्। मृत्युका समयमा उनले सगरमाथा भन्दा ३० हजार गुना ठूलो पर्वत देखेको दाबी गरेकी छन्।’ 

पत्रिकामा अगाडि भनिएको छ, ‘उनले मृत्युपछि आफू रूप बदल्न सक्षम भएको बताएकी छन्। मृत्यु हुनुभन्दा अगाडि उनी बाथरुममा थिइन्। मरेपछि उनी बाथरुमबाट सजिलै निस्केर आफूले चाहे झैं हिँड्न सक्ने भएको बताइन्। उनी आफूलाई मन पर्ने जे पनि बन्न सक्थिन्। उनी स्वयं डाक्टर हुन्। डा. लिण्डाले सो अन्तर्वार्तामा आफूले देखेका आकर्षक स्थलहरुका बारेमा पनि वर्णन गरेकी छन्।’ 

युट्युब च्यानल एनडीई डायरीले उनको भिडियोका बारेमा टिप्पणी गर्दै लेखेको छ, ‘केही मान्छेहरु मृत्युका नजिकै भएको अनुभवलाई मरेको बेलाको अनुभव ठान्ने भ्रममा हुन्छन्। तर लिण्डाको अनुभवले सबैलाई चकित बनाएको छ। उनले करिब ५ वर्षमा घुमेर सकिने ठाउँहरुको वर्णन त्यो १४ मिनट मरेको समयमा गरेकी थिइन्।’ 

१८ माघ, २०७९, १६:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।