अनेरास्ववियूले घेर्‍याे जनक शिक्षा सामग्री केन्द्र

अनेरास्ववियूले घेर्‍याे जनक शिक्षा सामग्री केन्द्र

काठमाडौं : एकीकृत समाजवादी निकट अनेरास्ववियूले बुधबार जनक शिक्षा सामग्री केन्द्र घेराउ गरेको छ।

कक्षा १ देखि पाँचसम्मको पाठ्यपुस्तकको निजी कम्पनीलाई छाप्न दिने निर्णयको विरोधमा अनेरास्ववियूले केन्द्र घेराउ गरेको हो।

कार्यक्रममा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले विद्यालय तहका सम्पूर्ण पाठ्यपुस्तकको छपाइ केन्द्रले नै गर्नुपर्ने र समयमै देशभर पुर्याउनुपर्ने बताए उनले केन्द्र चरम भ्रष्टाचारमा डुबेकोसमेत आरोप लगाए।

साथै उनले शैक्षिक क्षेत्रमा हुने नीतिगत लगायत कुनै पनि भ्रष्टाचार अनेरास्ववियूले नसहने भन्दै त्यस्ता भ्रष्टाचारविरुद्ध कडा प्रतिवाद गर्ने बताए।

१८ माघ, २०७९, १४:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।