‘अध्यक्षको राजीनामा माग्दा क्यान फेरि निलम्बनमा पर्ने खतरा छ’

‘अध्यक्षको राजीनामा माग्दा क्यान फेरि निलम्बनमा पर्ने खतरा छ’

काठमाडौं : नेपाल क्रिकेट संघ(क्यान)ले असन्तुष्ट पाँच जनाले राजीनामा माग्दा क्रिकेट संघ पुनः निलम्बनमा पर्नसक्ने चेतावनी दिएको छ।

मंगलबार बसेको बैठकले क्रिकेट संघका निर्वाचित सदस्यमध्ये पाँच जनाले नेपाल टी–२० विषयलाइ लिएर अध्यक्ष चतुरबहादुर चन्द लगायतको राजीनामा माग्दा संघ नै निलम्बनमा पर्नसक्ने चेतावनी दिएको हो।

राजीनामा र फुटबाट अघि बढ्दा क्रिकेट संघ फेरि एकपटक निलम्बनतिर जाने खतरा भएकाले कमीकमजोरीलाई सच्याएर एक ढिक्का भएर क्यानको हकहितका लागि सहकार्यमा आउन आग्रह गरेको हो।

क्यानले एक विज्ञिप्तमार्फत आफ्ना निर्णय सार्वजनिक गर्दै भनेको छ, ‘नेपाल क्रिकेट संघका हाल विद्यमान निर्वाचित सदस्यहरुमध्ये पाँच जना निर्वाचित सदस्यहरुले नेपाली टी२० लिगको विषयलाई लिएर अध्यक्ष लगायत कार्यसम्पादन समितिका सदस्यहरुको राजीनामा माग गर्दै बैठक बहिष्कार गरेको विषयमा छलफल गर्दा निजहरुको उक्त मागले नेपाल क्रिकेट संघ फेरि एकपटक निलम्बनतिर जाने खतरामा रहेको महसुस गरेको छ। तसर्थ विगतका कमीकमजोरीलाई सच्याई एक ढिक्का भएर नेपाल क्रिकेट संघको हकहितका लागि एकजुट भई अगाडि बढ्नका लागि सहकार्यमा आउन बैठकले हार्दिक आग्रह गर्दछ।’

१८ माघ, २०७९, १३:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।