हिरासत कक्ष फोडेर भागेका ६ मध्ये तीन जना पक्राउ

हिरासत कक्ष फोडेर भागेका ६ मध्ये तीन जना पक्राउ

काठमाडौं: ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका ६ मध्ये तीन जना थुनुवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ नगरपालिका–२ का  २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका– ६ का रोशनकुमार महतो रहेका छन्।

अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका हरिदीपलाई मङ्गलबार राति र अमितलाई मङ्गलबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो।

आइतबार राति ईलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए। बाँकी तीन जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास जारी बताइएको छ।

१८ माघ, २०७९, १३:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।