क्यानको वर्गीकरणमा ज्ञानेन्द्र मल्लको घटुवा, ‘ए’ ग्रेडमा पाँच खेलाडी

क्यानको वर्गीकरणमा ज्ञानेन्द्र मल्लको घटुवा, ‘ए’ ग्रेडमा पाँच खेलाडी

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका सदस्यहरूको वर्गीकरण गरेको छ।

पोखरामा भएको कार्यसमितिको बैठकले जनवरीदेखि जुनसम्मका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई करार राख्दै वर्गीकरण गरेकाे हाे।

ग्रेड एमा कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख छन्।

यसअघि ग्रेड ए मा रहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल यसपाली ग्रेड बीमा घटुवा भएकाे छ। याे ग्रेडमा आरिफ शेख र कुशल भुर्तेल पनि छन्।

त्यसैगरी ग्रेड सी मा कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्सनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव परेका छन्।

महिलातर्फ रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा ग्रेड ए, काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य ग्रेड बी र कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम ग्रेड सी मा परेका छन्।

१८ माघ, २०७९, १३:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।