भरतपुर अस्पतालको ३२ करोडको एमआरआई खरिदमा सप्लायर्सको स्वार्थमा स्पेसिफिकेशन बदलेकै बदल्यै

भरतपुर अस्पतालको ३२ करोडको एमआरआई खरिदमा सप्लायर्सको स्वार्थमा स्पेसिफिकेशन बदलेकै बदल्यै

काठमाडौं: भरतपुर अस्पतालले खरिद विवादकै अवस्थामा करिब ३२ करोड ४० लाख मूल्य बराबरको ‘थ्री टेस्ला एमआरआई मेसिन’ खरिदका लागि पुस १८ गते सोमबार टेण्डर आह्वान गर्यो। खरिद प्रक्रिया अगाडि बढाइए पनि मिलेमतो देखिएपछि विवाद सुरु भयो।

सप्लायर्स कम्पनीहरूले आ–आफ्नो स्वार्थमा मेसिन खरिदका लागि टेण्डर पार्ने दाउमा खरिदका लागि एमआरआईको प्राविधिक स्पेसिफिकेशन संशोधन गराए।

स्वास्थ्य सामग्री खरिदमा पछिल्लो समय मेसिनको प्राविधिक मापदण्ड आफू अनुकूल गराउन बायोमेडिकल इन्जिनियरदेखि निर्णयतहसम्मका सबै मिलेर राज्यस्रोत दोहोन गर्ने क्रम ह्वात्तै बढेको देखिन्छ। त्यसमा भरतपुर अस्पताल मात्र कहाँ जोगिनसक्थ्यो र।

निश्चित कम्पनीको एमआरआई मेसिनसँग मिल्नेगरी लक्ड प्राविधिक स्पेसिफिकेशन तयार गरेर खरिद प्रक्रिया अगाडि बढाएपछि टेण्डर नपाउने केही सप्लायर्स विरोधमा उत्रिए।

एउटा मात्रै निश्चित कम्पनीको मेसिनसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेसिफिकेशन बनाएर खरिद प्रक्रिया अगाडि बढाएको भन्दै सप्लायर्स कम्पनीहरूले प्रि–बिड बैठकमा संशोधनको लागि लिखित रूपमा माग राखे।

टेण्डर आह्वानको सूचनामा माघ ६ गते शुक्रबार (जनवरी २० मा)  ‘प्रि–बिड मिटिङ’ हुने उल्लेख थियो। अस्पतालका अनुसार तोकिएकै मितिमा प्रि–बिड बैठक बस्यो।

प्रि-बिड बैठकमा फिलिप्स, सिमेन्स र जिई मेसिन उत्पादक कम्पनीका नेपालस्थित सप्लायर्स कम्पनीका प्रनिनिधिहरू सहभागी भए।

यी कम्पनीहरूले आफू अनुकूलको प्राविधिक स्पेसिफिकेशन संशोधनका लागि प्रस्ताव गरे। युनाइटेड इमेजिङको सप्लायर्स कम्पनीले इमेलमार्फत अस्पतालाई पत्र पठाउँदै संशोधन प्रस्ताव गरेको थियो।

टेण्डर भएको एमआरआई मेसिनको प्राविधिक स्पेसिफिकेशन संशोधन गर्नुपर्ने भए सप्लायर्स कम्पनीले लिखित रूपमा नै संशोधनको माग गर्नुपर्ने हुन्छ।

‘सप्लायर्सले संशोधन माग गरेको खण्डमा सप्लायर्ससँग लिखित नै माग गर्छौँ’, अस्पताल स्रोतले भन्यो। 

एउटा मात्रै निश्चित कम्पनीको मेसिनसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेसिफिकेशन बनाएर खरिद प्रक्रिया अगाडि बढाएको भन्दै सप्लायर्स कम्पनीहरूले प्रि–बिड बैठकमा संशोधनको लागि लिखित रूपमा माग राखे।

अस्पतालले एमआरआई खरिदका लागि टेण्डर गरेको प्राविधिक स्पेसिफिकेशनको केही बुँदा त संशोधन गर्यो। तर, मूल बुँदा भने झुक्याउने किसिमले निश्चित एउटा कम्पनीलाई मात्रै मिल्ने गरी प्राविधिक स्पेसिफिकेशन संशोधन गरेको स्रोत दावी गर्छ। 

उकेराले पाएको टेण्डर सम्बन्धी कागजपत्रले पनि स्रोतको दावी पुष्टि गर्छ।

सप्लायर्स कम्पनीले प्राविधिक स्पेसिफिकेशनमा भएका बुँदाहरू संशोधनका लागि माग गरेपछि मेसिन खरिदका लागि टेण्डर गर्ने संस्थाले आवश्यकता अनुसार प्राविधिक स्पेसिफिकेशन संशोधन गर्न सक्छ।

अस्पतालले एमआरआई खरिदका लागि टेण्डर गरेको प्राविधिक स्पेसिफिकेशनको केही बुँदा त संशोधन गर्यो। तर, मूल बुँदा भने झुक्याउने किसिमले निश्चित एउटा कम्पनीलाई मात्रै मिल्ने गरी प्राविधिक स्पेसिफिकेशन संशोधन गरेको स्रोत दावी गर्छ। 

उकेराले पाएको टेण्डर सम्बन्धी कागजपत्रले पनि स्रोतको दावी पुष्टि गर्छ।

पहिला बायोमेडिकल इन्जिनियर वा अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट मिलेर टेण्डरमा मिलेमतो हुने गर्थ्यो। तर, पछिल्लो समय मन्त्रालय तह मात्रै हैन प्रधानमन्त्री कार्यालय तहबाटै सेटिङ हुने गरेको छ। 

भरतपुरको टेण्डरमा पनि त्यही देखिन्छ।

जबसम्म आपूर्तिकर्ता र अस्पताल प्रमुख अनी बायोमेडिकल इन्जिनियरबीच लेनदेनको हिसाब मिल्दैन, तबसम्म कुनै पनि प्राविधिक स्पेसिफिकेशन पास हुँदैन।

भरतपुर अस्पतालले खरिद गर्न लागेको एमआरआईमा पनि अस्पताल प्रमुखसँगै बायोमेडिकल इन्जिनियर तुलसी खनालको समेत मिलेमतो देखिन्छ। खनाल मिलेमतोमा विवादित बायोमेडिकल इन्जिनियर हुन्। परिसकेको टेण्डर पनि रोकेर पैसाको बार्गेनिङ गर्ने, प्रिपेडमा घुुस माग्ने भनेर केही आपूर्तीकर्ताले मौखिक उजुरी गरे पनि उनी अस्पतालमै छन्।

भरतपुरको टेण्डरमा केन्द्रको पनि चासो देखिन्छ। जब विवाद हुन्छ माथिल्लो तहका अधिकारीहरू थाहै नपाए जस्तै गर्छन्। भरतपुर अस्पतालले टेण्डर प्रक्रियामा रहेको एमआरआईको प्राविधिक स्पेसिफिकेशन कसरी संशोधन गरेको छ भन्ने विषयमा बुझ्नुपर्ने भन्दै मन्त्रालयका सचिव डा. रोशन पोखरेल तर्किए।

पोखरेल पछिल्लो समय नेशनल ट्रमा सेन्टरको एमआरआई मेसिन खरिद प्रकरणमा समेत मुछिएका विवादित पात्र हुन्। २५ करोडको एमआरआई मेसिन ३० करोडमा किन्न अगाडि बढेको प्रक्रियामा मिलेमतो देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। 

खरिदमा मिलेका पक्षहरू अहिले अख्तियार प्रभाव पार्न सक्रिय छन्। भक्तपुर क्यान्सर अस्पतालको टेण्डर पनि विवादमै छ। यसमा भरतपुर पनि जोडियो।

खरिद प्रक्रिया शंकास्पद देखिइसक्दा पनि भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले कुनै एक निश्चित कम्पनीलाई मात्रै मिल्ने गरी लक्ड गरेर प्राविधिक स्पेसिफिकेशन नबनाएको दावी गर्दै आएका छन्।

भरतपुर अस्पतालले खरिद गर्न लागेको एमआरआई मेसिनको प्राविधिक स्पेसिफिकेशन लक्ड गरेर सिमेन्स कम्पनीसँग मिल्ने देखिन्छ। प्राविधिक स्पेसिफिकेशन संशोधन गरे पनि मुख्य बुँदाहरू जस्ताको तस्तै राखेर अन्य सामान्य बुँदाहरू मात्रै संशोधन गरिएको छ।

उनले सप्लायर्स कम्पनीहरूले भनेअनुसार नै प्रि–बिड मिटिङमा संशोधनका लागि प्रस्ताव गरे अनुरूप प्राविधिक स्पेसिफिकेशन समेत संशोधन भएको बताए।

‘भेण्डरको अनुरोधअनुसार संशोधन गरिसकेका छौँ’, डा. पौडेलले भने।

एउटा निश्चित कम्पनीको एमआरआई मेसिनसँग मात्रै मिल्ने गरी लक्ड प्राविधिक स्पेसिफिकेशन बनाएर अस्पतालले टेण्डर प्रक्रिया अगाडि बढाएको विषयमा भरतपुर अस्पताल, स्वास्थ्य मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयमा समेत उजुरी परेको देखिन्छ।

पौडेलले गरेको दावी उकेरालाई प्राप्त तथ्यले पुष्टि गर्दैन।

यसरी गरियो झुक्याउने संशोधन 
भरतपुर अस्पतालले खरिद गर्न लागेको एमआरआई मेसिनको प्राविधिक स्पेसिफिकेशन लक्ड गरेर सिमेन्स कम्पनीसँग मिल्ने देखिन्छ।प्राविधिक स्पेसिफिकेशन संशोधन गरे पनि मुख्य बुँदाहरू जस्ताको तस्तै राखेर अन्य सामान्य बुँदाहरू मात्रै संशोधन गरिएको छ।

एमआरआईको प्राविधिक स्पेसिफिकेशन संशोधन गरेपछि सबै मेसिन उत्पादकका सप्लायर्सले टेण्डर प्रस्ताव गर्न सक्ने त देखिन्छ तर, संशोधन गरिसकेपछि आर्थिक मूल्यांकन आफू अनुकूल बनाइएको देखिन्छ।

उकेरालाई प्राप्त एमआरआई खरिदका लागि टेण्डर भएको एमआरआई मेसिनको प्राविधिक स्पेसिफिकेशनको बुँदा नं. १ को ‘डी’, ४ को ‘बी’, ५ को ‘डी’ र ‘जी’, ६ को ‘ए’ र ‘सी’, ७ को ‘एच’, १९ को ‘यू’ र ‘वाई’, २१ को ‘ओ’ र ‘टी’ २९ को ‘डी’ संशोधन भएको देखिन्छ।

‘केही संशोधन नै गरेको छैन भन्दा पनि हुन्छ’, जानकार एक बायोमेडिकल इन्जिनियरले उकेरालाई भने।

सप्लायर्स कम्पनीहरूले आ–आफूलाई मिल्ने गरी प्राविधिक स्पेसिफिकेशन संशोधन गर्न प्रस्ताव पेश गरेका थिए। 

सप्लायर्सको रणनीति पनि आ–आफूलाई टेण्डर पर्ने गरी प्राविधिक स्पेसिफिकेशन सच्याउनु नै देखिन्छ। अस्पताल व्यवस्थापकले मेसिन दिने सप्लायर्सको हित नहेरी अस्पतालको हित हेर्नुपर्ने हो। तर, उनीहरू पनि सप्लायर्सकै पक्षमा देखिन्छन्।

उकेरालाई प्राप्त एमआरआई खरिदका लागि टेण्डर भएको एमआरआई मेसिनको प्राविधिक स्पेसिफिकेशनको बुँदा नं. १ को ‘डी’, ४ को ‘बी’, ५ को ‘डी’ र ‘जी’, ६ को ‘ए’ र ‘सी’, ७ को ‘एच’, १९ को ‘यू’ र ‘वाई’, २१ को ‘ओ’ र ‘टी’ २९ को ‘डी’ संशोधन भएको देखिन्छ।

भरतपुर अस्पतालले टेण्डर भएको थ्री टेस्ला एमआरआई मेसिन हाई इण्डको हुनुपर्ने प्राविधिक स्पेसिफिकेशनमा व्यवस्था छ। 

‘अ हाई इण्ड थ्री टेस्ला एमआरआई सिस्टम विथ सुपरकन्डक्टिङ म्याग्नेट, हाई पर्फमेन्स ग्राडियन्ट्स एण्ड डिजिटल आरएफ सिस्टम अप्टिमाइज्ड फर अल दी बडी एप्लीकेशन डेडिकेटेड फर अल एनाटोमी एण्ड फङ्सनल सिस्टम’, प्राविधिक स्पेसिफिकेशनको बुँदा नं. १ (ए) मा भनिएको छ, ‘दी सिस्टम सुड बी सेल्फ–सिल्डेड, सर्ट, वाईड बोर ओपनिङ विथ हार्डवेर एण्ड सफ्टवेर इन अल दी इक्जामिनेशन।’

टेण्डर सूचनामा उल्लेख भएअनुसार खरिद गर्न लागिएको थ्री टेस्ला एमआरआईको प्राविधिक स्पेसिफिकेशनमा कम्तिमा ७० सेन्टिमिटरको वाइड बोर साइजको एमआरआई मेसिन हुनुपर्ने मापदण्ड राखिएको छ।

जुन संशोधित बुँदामा अटो शिम वा हाई अर्डरमध्ये जुन भए पनि हुने व्यवस्था गरिएको छ। तर, संशोधन हुनुपूर्व भने अटो शिम र हाई अर्डरको हुनुपर्ने मापदण्ड राखिएको थियो। त्यसैले यो बुँदा संशोधन भएपछि भने अन्य कम्पनीको प्राविधिक स्पेसिफिकेशनसँग समेत मिल्ने एक बायोमेडिकल इन्जिनियरले बताए।

प्राविधिक स्पेसिफिकेशनको बुँदा नं. ३ (बी) मा भनिएको छ, ‘म्याग्नेटिक जेन्ट्रि मस्ट बी वाइड बोर ओपनिङ एट लिस्ट ७० सेन्टिमिटर अक्रोस दी टनेल एण्ड सर्ट म्याग्नेट लेन्थ लेस द्यान १८० सेन्टिमिटर।’

त्यसैगरी बुँदा नं. ३ (डी) मा भनिएको छ, ‘दी क्रायोजेन भेसल टु बी अफ हिलियम ओन्ली विथ एप्रोप्रियट सुपर थर्मल सेल्डिङ एण्ड रेफ्रिजेरेशन फसिलिटी फर मिनिमम हिलियम बोइल्स अफ नट एक्सिडिङ ०.०५ लिटरर्स/आवर अर सुड ह्याभ जेरो बोइल अफ टेक्नोलोजी।’

मेसिन खरिदका लागि टेण्डर आह्वान गर्दाको प्राविधिक स्पेसिफिकेशनको बुँदा नं. ४ को ‘बी’ मा  अटो शिम र हाई अर्डरको मेसिन हुनुपर्ने  उल्लेख थियो। 

बुँदा नं. ४ को ‘बी’ मा भनिएको थियो, ‘अटो शिम (ग्लोबल एण्ड भक्सेल) एण्ड हाई अर्डर (सेकेण्ड अर्डर) शिम सुड बी अफर्ड एज स्टाण्डर्ड एण्ड स्याल टेक मिनिमम टाइम टु शिम दी म्याग्नेट विथ पेशेन्ट इन पोजिशन।’

सो बुँदा संशोधन भएको छ। संशोधित बुँदा नं. ४ को ‘बी’ मा भनिएको छ, ‘अटो शिम (ग्लोबल एण्ड भक्सेल) अर हाई अर्डर (सेकेण्ड अर्डर) शिम सुड बी अफर्ड एज स्टाण्डर्ड एण्ड स्याल टेक मिनिमम टाइम टु शिम दी म्याग्नेट विथ पेशेन्ट इन पोजिशन।’

जुन संशोधित बुँदामा अटो शिम वा हाई अर्डरमध्ये जुन भए पनि हुने व्यवस्था गरिएको छ। तर, संशोधन हुनुपूर्व भने अटो शिम र हाई अर्डरको हुनुपर्ने मापदण्ड राखिएको थियो। त्यसैले यो बुँदा संशोधन भएपछि भने अन्य कम्पनीको प्राविधिक स्पेसिफिकेशनसँग समेत मिल्ने एक बायोमेडिकल इन्जिनियरले बताए।

जिईको सप्लायर्सले भने अटो शिमको मेसिन गरिदका लागि प्रस्ताव पेश गरेर टेण्डर पार्ने दाउमा देखिएको स्रोतको दावी छ।

सामान्य किसिमका बुँदामा अन्य कम्पनीले समेत एमआरआई खरिदका लागि टेण्डर हाल्न पाउने गरी संशोधन भए पनि प्रमुख बुँदामा भने संशोधन गरेको जस्तै मात्र गरेर अस्पतालले झुक्याउन खोजेको देखिएको एक बायोमेडिकल इन्जिनियरको दावी छ।

मेसिन खरिदका लागि तयार गरेको प्राविधिक स्पेसिफिकेशनमा ५० सेन्टिमिटर × ५० सेन्टिमिटर × ५० सेन्टिमिटर वा त्यो भन्दा बढी फिल्ड अफ भिउ (एफओभी) हुनुपर्ने उल्लेख थियो। 

प्राविधिक स्पेसिफिकेशनको बुँदा नं. ५ (जी) मा भनिएको थियो, ‘दी एफओभी इन एक्स, वाई, एण्ड जेट एक्सिस सुड बी ५० × ५० × ५०  सेन्टिमिटर अर मोर।’

एक बायोमेडिकल इन्जिनियरका अनुसार यो मापदण्डका कारण जिई कम्पनीले भने टेण्डर प्रस्ताव नै गर्ने अवस्था थिएन। त्यसैले यो बुँदाको मापदण्ड संशोधन गरियो।

सो बुँदा अस्पतालले संशोधन गरेर ५० सेन्टिमिटर × ५० सेन्टिमिटर × ४५ सेन्टिमिटर वा त्यो भन्दा बढी फिल्ड अफ भिउ (एफओभी) हुनुपर्ने मापदण्ड राखेको छ। 

यो बुँदा संशोधन गरेपछि जिई कम्पनीले समेत खरिद प्रक्रियामा भाग लिन योग्य भएको छ। 

यस्तो छ संशोधित प्राविधिक स्पेसिफिकेशन

फिलिप्स र जिईले करिब दश–दश वटा बुँदामा संशोधन गर्नुपर्ने लिखित प्रस्ताव राखेका थिए। तर, संशोधन गर्ने क्रममा जिईको यो एउटा मात्रै संशोधन गरेको अनि नौ वटा बुँदा नमिलेको स्रोतले बतायो।

सामान्य किसिमका बुँदामा अन्य कम्पनीले समेत एमआरआई खरिदका लागि टेण्डर हाल्न पाउने गरी संशोधन भए पनि प्रमुख बुँदामा भने संशोधन गरेको जस्तै मात्र गरेर अस्पतालले झुक्याउन खोजेको देखिएको एक बायोमेडिकल इन्जिनियरको दावी छ।

‘चाहिने डबल आरएफ नै हो’, स्रोतले भन्यो, 'डबल आरएफ भनेको भए सबैको मिल्थ्यो। सिंगल भनेपछि त सिमेन्सको नै मिल्छ। जिई र फिलिप्सको ड्युअल आरएफ मात्रै हो।’

यही बुँदाका कारण सिमेन्सले नै टेण्डर पाउने देखिएको एक बायोमेडिकल इन्जिनियरले दावी गरे।

प्राविधिक स्पेसिफिकेशनको बुँदा नं. ६ को ‘ए’ मा भनिएको थियो, ‘इट सुड बी अ लेटेष्ट फुल्ली डिजिटल सिंगल/ड्यूअल (डबल) आरएफ सिस्टम क्यापेबल अफ ट्रान्समिटिङ पावर अफ एट लिस्ट ३० केडब्ल्यू (किलोवाट)’

तर, सो बुँदालाई संशोधन गरेर सिंगल-ड्यूअल (डबल) आरएफ सिस्टम नभनी ‘डिजिटल आरएफ सिस्टम’ भन्ने शब्द प्रयोग गरिएको छ। 

सो संशोधित बुँदा नं. ६ को ‘ए’ मा भनिएको छ, ‘इट सुड बी अ लेटेष्ट फुल्ली डिजिटल आरएफ सिस्टम क्यापेबल अफ ट्रान्समिटिङ पावर अफ एट लिस्ट ३० केडब्ल्यू (किलोवाट)।’

यो बुँदामा झुक्याएर संशोधन गरेको जस्तो मात्रै गरिएको प्रष्टै देखिन्छ। किनकि सिंगल-ड्यूअल (डबल) आरएफ सिस्टम भन्नु र डिजिटल आरएफ भन्नु कुरा एउटै भएको देखिएको छ।

यसको अर्थ संशोधित यो बुँदाअनुसार सिंगल र डबल दुवै आरएफ सिस्टम भएको एमआरआई टेण्डर हाल्न पाइने प्रष्ट देखिन्छ। 

अर्का बायोमेडिकल इन्जिनियरका अनुसार झुक्याएर संशोधन गरेको जस्तै गरी वास्तविकतामा संशोधन नै नगरी डबल आरएफ सिस्टमको एमआरआई खरिद नगरी सिंगल आरएफ सिस्टमको एमआरआई खरिद गर्ने तयारी देखिन्छ। 

‘चाहिने डबल आरएफ नै हो’, स्रोतले भन्यो, 'डबल आरएफ भनेको भए सबैको मिल्थ्यो। सिंगल भनेपछि त सिमेन्सको नै मिल्छ। जिई र फिलिप्सको ड्युअल आरएफ मात्रै हो।’

यही बुँदाका कारण सिमेन्सले नै टेण्डर पाउने देखिएको एक बायोमेडिकल इन्जिनियरले दावी गरे।

तर, यही बुँदाका कारण एमआरआई खरिदका लागि टेण्डर प्रस्ताव गरेको खण्डमा प्राविधिक मूल्यांकनको चरणमा सबैजसो कम्पनीका मेसिन छनोटमा पर्न भने सक्छन्।

तर, आर्थिक मूल्यांकनको चरणमा पुगेपछि भने सिंगल आरएफ सिस्टमको मेसिन खरिद गरिदिने प्रस्ताव गर्ने कम्पनीकै मेसिन खरिदका लागि छनोटमा पर्ने देखिन्छ।

किनकि जिई र फिलिप्स जस्ता कम्पनीका मेसिन डबल आरएफका भएकाले यी कम्पनीका मेसिनको रकम सिङगल आरएफको भन्दा बढी हुन्छ नै। जसले गर्दा सिंगल आरएफकै मेसिन खरिदको प्रस्तव गर्ने कम्पनीको मेसिन सस्तो पर्छ। र, टेण्डर पनि सिंगल आरएफ प्रस्ताव गर्नेलाई नै पर्ने देखिन्छ।

‘सिंगल गरेपछि सिमेन्सको मेसिन तीन करोड सस्तो पर्छ’, स्रोतले भन्यो, ‘सिमेन्सँग सिंगल छ। अरू सबैसँग ड्युअल (डबल) छ।’

त्यसो त सिमेन्स कम्पनीको सप्लायर्सले समेत प्राविधिक स्पेसिफिकेशन संशोधनका लागि माग गरेको देखिन्छ। 

प्राविधिक रूपमा छनोट भएर आर्थिक छनोट पार गरेर निश्चित प्रक्रिया अपनाएपछि मात्रै टेण्डर स्वीकृत हुन्छ। त्यसैले फिलिप्स र जिई कम्पनीका सप्लायर्सलाई टेण्डर नपर्ने देखिएपछि यी कम्पनीका सप्लायर्सले एमआरआई खरिदका लागि टेण्डर नै नहाल्ने भन्दै अस्पतालमा जानकारी समेत गराइसकेको देखिन्छ।

नेपालमा सिमेन्सको सप्लायर्स इष्टवेष्ट कन्सर्न हो। सिमेन्स युरोपियन कम्पनी हो। जिई कम्पनीको सप्लायर्स म्याक्स मेडिटेक हो। जिई अमेरिकन कम्पनी हो। 

त्यसैगरी युनाइटेड इमेजिङको सप्लायर्स लुम्बिनी हेल्थ केयर हो। युनाइटेड इमेजिङ चिनियाँ उत्पादक कम्पनीको हो। त्यसैगरी फिलिप्सको सप्लायर्स कम्पनी हस्पिटेक इन्टरप्राइजेज हो। फिलिप्स अमेरिकन कम्पनी हो। 

हिटाचीको सप्लायर्स कम्पनी क्यापिटल इन्टरप्राइजेज हो। हिटाची जापानिज कम्पनी हो।

अस्पतालमा खरिदका लागि तयारी गरिएको एमआरआईको प्राविधिक स्पेसिफिकेशनमा ६४ वा सोभन्दा माथिको च्यानल हुनुपर्ने मापदण्ड राखिएको छ।

प्राविधिक स्पेसिफिकेशनको बुँदा नं. ६ (सी) मा भनिएको छ, ‘इट सुड ह्याभ ६४ अर मोर इन्डिपेन्डेन्ट आरएफ रिसिभर च्यानेल्स सिस्टम।’

प्राविधिक स्पेसिफिकेशनको बुदा नं. ७ को (एच) मा ‘डेडिकेटेड १६ च्यानल अर मोर ब्रेष्ट बायोप्सी कोइल,’ हुनुपर्ने उल्लेख छ।

१८ माघ, २०७९, १३:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।