सुनचाँदीको भाउ बढ्यो, कति पुग्यो आज?

सुनचाँदीको भाउ बढ्यो, कति पुग्यो आज?

काठमाडौं : साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ।

मंगलबारको तुलनामा सुनमा प्रतितोला ५ सय रूपैयाँ बढ्दा चाँदी तोलाको ५ रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार छापावाल सुनको मूल्य बुधबार तोलाको १ लाख ६ हजार ३ सय रूपैयाँ कायम भएको छ। तेजाबी सुन भने १ लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार हुनेछ।

यस्तै, चाँदीको मूल्यमा ५ रूपैयाँ बढेसँगै बुधबार चाँदी प्रतितोला १ हजार ३ सय ७० रूपैयाँमा कारोबार हुनेछ। मंगलबार चाँदी तोलाको १ हजार ३ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार छापावाल सुन तोलाको १ लाख ५ हजार ८ सय र तेजाबी सुन १ लाख ५ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।

१८ माघ, २०७९, ११:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।