रुकुम पश्चिममा ट्याक्टर खस्याे : परिचालककाे मृत्यु, चालक घाइते

रुकुम पश्चिममा ट्याक्टर खस्याे : परिचालककाे मृत्यु, चालक घाइते

काठमाडौं : रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा परिचालकको मृत्यु भएको छ।

मुसिकोट नगरपालिका–१४ छिवाङ ज्युला ढुडेबगरमा गएराति  ट्याक्टर  दुर्घटना हुँदा परिचालकको मृत्यु भएको हो। चालक घाइते भएका छन्।

सोलावाङबाट सिम्लीतर्फ जाँदै गरेको ना ६ त ७७१३ नम्बरको ट्याक्टर गएराति साढे ९ बजे अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो।

दुर्घटनामा ट्याक्टर चालक मुसिकोट नगरपालिका ८ गोरखानीका २२ वर्षीय मनबहादुर विक र परिचालक जाजरकोटको भेरी नगरपालिका १ का ३५ वर्षीय हरिबहादुर विक घाइते भएका थिए।

सल्लेस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा हरिको मृत्यु भएको अस्थायी प्रहरी पोष्ट छिवाङले जनाएको छ। चालक मन बहादुरलाई भने थप उपचारको लागि नेपालगञ्ज पठाइएको छ।

१८ माघ, २०७९, १०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।