कीर्तिमानी मूल्यमा चेल्सी भित्रिए अर्जेन्टिनी मिडफिल्डर फर्नान्डेज

कीर्तिमानी मूल्यमा चेल्सी भित्रिए अर्जेन्टिनी मिडफिल्डर फर्नान्डेज

एजेन्सी : अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई चेल्सीले कीर्तिमानी मूल्यमा क्लबमा भित्र्याएकाे छ।

फर्नान्डेजलाई चेल्सीले सन् २०३१ सम्मका लागि कीर्तिमानी मूल्यमा भित्र्याएकाे हाे।

जनवरी सरुवा बजारको सबैभन्दा ठूलो मूल्य १०६.८ मिलियन पाउन्डमा उनलाई टीममा भित्र्याइएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

ट्रान्सफर विन्डो बन्द हुनुअघि बेन्फिकाको पूर्ण ‘रिलिज क्लज’तिर्न चेल्सी सहमत भएसँगै २२ वर्षीय मिडफिल्डर बेलायतमा खेल्ने सबैभन्दा महंगो खेलाडी बनेका छन्।

यसअघि, म्यानचेस्टर सिटीले सन् २०२१ मा ज्याक ग्रेलिसलाई तिरेको १०० मिलियन पाउन्ड बेलायतमा अहिलेसम्मको सबैभन्दा ठूलो रकम थियो।

रिभर प्लेटको एकेडेमीमा हुर्किएका फर्नान्डेज २०२२ मा रिभर प्लेटबाट बेन्फिका आएका थिए।

अर्जेन्टिनाले कतार विश्वकपको उपाधि जित्दा फर्नान्डेज प्रतियोगिताको युवा खेलाडी चुनिएका थिए।

१८ माघ, २०७९, ०९:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।