माओवादी केन्द्रकाे पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

माओवादी केन्द्रकाे पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

काठमाडौं : माओवादी केन्द्रले बुधबार बोलाएको स्थायी कमिटी बैठक स्थगित गरेको छ।

विहानका लागि बोलाइएको बैठक बिहीबारका लागि सरेकाे महासचिव देव गुरुङले जानकारी दिए।

स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएको, बैठकका एजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेको र  प्रधानमन्त्रीको व्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ।

माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो।

यस्तै जारी पदाधिकारी बैठक पनि आज नबस्ने भएको छ। यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो।

१८ माघ, २०७९, ०८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।