यी तीन प्रदेशमा हल्का हिमपातकाे सम्भावना

यी तीन प्रदेशमा हल्का हिमपातकाे सम्भावना

काठमाडाैं : पश्चिमी वायुको सामान्य प्रभावका कारण अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेकाे छ।

दिउँसो प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै राति प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

१८ माघ, २०७९, ०७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।