बञ्चरो हानेर आफ्नै आमाको हत्या आरोपमा कैलालीका थारु पक्राउ

बञ्चरो हानेर आफ्नै आमाको हत्या आरोपमा कैलालीका थारु पक्राउ
फाइल तस्बिर

कैलाली : आफ्नै आमाको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

७१ वर्षीया लगनी थरुनीको हत्या आरोपमा लम्कीचुहा नगरपालिका–६ बगमारा बस्ने ४० वर्षीय श्रीराम थारुलाई मंगलबार बिहान प्रहरीले  देउराली सामुदायिक वनबाट पक्राउ गरेको हो।

श्रीरामले बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी लगनीको नवजीवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

१७ माघ, २०७९, १७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।