अर्को बलात्कार मुद्दामा पनि आसाराम दोषी ठहर, जन्मकैदको सजाय

अर्को बलात्कार मुद्दामा पनि आसाराम दोषी ठहर, जन्मकैदको सजाय

एजेन्सी : भारतको गुजरास्थित गान्धीनगरको एक अदालतले आसारामलाई बलात्कारको मुद्दामा आजीवन कारावासको सजाय सुनाएको छ।

२०१३ मा भएको यो घटनामा गान्धीनगर अदालतले सोमबार आसारामलाई आफ्नी पूर्व महिला शिष्यलाई बलात्कार गरेकोमा दोषी ठहर गरेको थियो।

सन् २००१ देखि २००६ सम्म मोटेरा आश्रममा बसेकी सुरतकी एक महिला शिष्यलाई धेरै पटक बलात्कार गरेको आरोप उनीमाथि थियो। उनीविरुद्ध महिलाले सन् २०१३ मा मुद्दा दायर गरेकी थिइन्।

८१ वर्षीय आसाराम अहिले जोधपुर जेलमा छन्। उनी अर्को बलात्कारको मुद्दामा आजीवन काराबास काटिरहेका छन्। यो घटना पनि २०१३ कै हो।

त्यसमा पनि उनी राजस्थानस्थित आफ्नो आश्रममा नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका थिए।

१७ माघ, २०७९, १७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।