जसपा र नागरिक उन्मुक्ति पार्टीबीच एकताबारे छलफल, चाैधरी भेट्न कारागार पुगे श्रेष्ठ

जसपा र नागरिक उन्मुक्ति पार्टीबीच एकताबारे छलफल, चाैधरी भेट्न कारागार पुगे श्रेष्ठ

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकताको सम्भावनाबारे छलफल भएको छ।

जसपाको तर्फबाट वार्ता समितिको संयोजक रहेका नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाट भएको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार मंगलबार बिहान डिल्लीबजार कारागारमा भएको भेटमा श्रेष्ठ र चौधरीबीच करिब १ घण्टा छलफल भएको हो।

नागरिक उन्मुक्ति पार्टी खोल्नुअघि रेशम चौधरी जनता समाजवादी पार्टी, नेपालकै कार्यकारिणी सदस्य थिए।

त्यसकारण पनि पार्टी एकता सहज हुनसक्ने आँकलनका साथ छलफल अघि बढाइएको बस्नेते बताए।

१७ माघ, २०७९, १६:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।