क्यानकाे बाेर्ड बैठकमै मागे ७ केन्द्रिय सदस्यले अध्यक्ष चन्दकाे राजीनामा

क्यानकाे बाेर्ड बैठकमै मागे ७ केन्द्रिय सदस्यले अध्यक्ष चन्दकाे राजीनामा

पोखराः नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकमा नै अध्यक्ष चतुरबहादुर चन्दको राजीनामाकाे माग भएको छ।

संघका ७ जना केन्द्रीय सदस्यहरुले लिखित रुपमा नै चन्दसहित क्यान नेतृत्वमा रहेका पाँच जना पदाधिकारीहरूकाे राजीनामा मागेका हुन्।

गत महिना भएको नेपाल टी–२० लिगमा भएकाे फिक्सिङ विवाद र भारतीय कम्पनिसँगको सम्झाैताका कारण याे राजीनामा माग गरिएको बताइको छ।

मंगलबार पोखरामा सुरु भएको बैठकको सुरुमै राजीनामाकाे लिखित माग राख्दै ७ जना केन्द्रीय सदस्यले बैठक कक्ष छाडेका थिए।

१७ माघ, २०७९, १५:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।