उडिरहेको विमानभित्रै चालक दलका सदस्यमाथि दुर्व्यवहार, कपडा खोल्ने प्रयास

उडिरहेको विमानभित्रै चालक दलका सदस्यमाथि दुर्व्यवहार, कपडा खोल्ने प्रयास

एजेन्सी : एक महिला यात्रुले उडिरहेको विमानभित्रै चालक दलका सदस्यहरूमाथि दुर्व्यवहार गरेकी छन्।

अबुधाबीबाट मुम्बईका लागि छुटेको भिस्टारा एयरको विमानमा ४५ वर्षीया इटालियन महिला यात्रुले चालक दलका सदस्यहरूलाई दुर्व्यवहार गरेको र लुगा फुकाल्ने प्रयास गरेकाे मुम्बई प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएकाे छ।

चालक दलका सदस्यहरूले महिलालाई बिजनेस क्लासमा प्रवेश गर्न रोकेपछि घटना भएको हो। घटना गत साेमबारकाे हाे। विमान मुम्बईमा अवतरण गरेपछि चालक दलका सदस्यले महिला यात्रुलाई प्रहरीलाई बुझाएकाे समाचारमा उल्लेख छ।

समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई प्रहरीले ती महिलालाई पक्राउ गरेको छ। तर, पछि अदालतले उनलाई जमानतमा रिहा गरिदियाे।

भिस्टारा एयरलाइन्सले विज्ञप्ति निकालेर यात्रुले अभद्र र हिंस्रक व्यवहार गर्दै चालक दलका सदस्यलाई अभद्र व्यवहार गरेपछि सम्बन्धित निकायलाई घटनाबारे जानकारी गराएको जनाएको छ।

मुम्बई प्रहरीका अनुसार महिलाले इकोनोमी क्लासको टिकट काटेर बिजनेस क्लासमा बस्न चाहेपछि विवाद भएकाे हाे।

१७ माघ, २०७९, १४:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।