'बाहुबली'का कारण सङ्कटमा प्रभास, स्टारडम जोगाउन अपनाए यस्तो उपाय

'बाहुबली'का कारण सङ्कटमा प्रभास, स्टारडम जोगाउन अपनाए यस्तो उपाय

एजेन्सी: 'बाहुबली' स्टार प्रभासको जस्तो लोकप्रियता कमै अभिनेताको छ। तर जुन फिल्मले उनलाई ग्लोबल स्टार बनायो, लोकप्रिय बनायो त्यसैले अहिले उनलाई समस्यामा पारेको छ।

बाहुबलीले प्रभासलाई यस्तो उँचाइमा खडा गर्यो जसका लागि दर्शकको उनीप्रति अपेक्षा पनि बढ्यो। त्यसै कारण बाहुबलीपछि रिलिज भएका 'साहो' र 'राधेश्याम' दुवैले दर्शकलाई निराश बनायो। राधेश्याम त फ्लप नै भयो। बाहुबलीले बनाएको मापदण्ड छुनै मात्र पनि प्रभासलाई हम्मे-हम्मे परिरहेको छ।

यसले उनको आर्थिक अवस्थामा असर पर्न थालेको छ। त्यसमाथि स्टारडम नै पनि खतरामा पारेको छ।

यही स्टारडम जोगाउन अहिले भने प्रभासले नयाँ उपाय निकालेका छन्। अब प्रभासले आफूले अभिनय गर्ने फिल्ममा मुख्यतः दुईटा कुरालाई मापदण्ड बनाएका छन्। पहिलो त निर्देशक पुरानो हुनुपर्ने र दोस्रो चाहिँ प्यान इण्डिया फिल्म (हिन्दीमा डब गरी भारतभर प्रदर्शन गरिने क्षेत्रीय सिनेमा) निर्देशन गर्न सक्नुपर्ने।

अब उनको मापदण्डमा पर्न एक वा दुई फिल्म बनाएर मात्र नहुने भएको छ। विगतमा गरेको गल्ती अब नदोहोर्याउने पक्षमा छन् प्रभास।

प्रभासको पाइपलाइनमा अहिले 'सलार', 'आदिपुरुष' र 'प्रोजेक्ट के' छन्।

१७ माघ, २०७९, १३:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।