क्यानकाे बोर्ड बैठक आज, सन्दीपको निलम्बन फुकुवा र नेपाल टी-२० लिगकाे विवाद मुख्य एजेन्डा

क्यानकाे बोर्ड बैठक आज, सन्दीपको निलम्बन फुकुवा र नेपाल टी-२० लिगकाे विवाद मुख्य एजेन्डा

काठमाडौं: नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेकाे निलम्बन फुकुवाकाे एजेन्डासहित आज नेपाल क्रिकेट संघ (क्यान) काे बोर्ड बैठक बस्दैछ।

पाेखरमा बस्न लागेकाे बैठकमा सन्दीपकाे निलम्बन फुकुवा र नेपाल टी-२० लिगकाे विवाद मुख्य एजेन्डा रहेकाे बताइएकाे छ।

यी एजेन्डासहित चार महिनापछि बस्न लागेकाे बाेर्ड बैठकमा १७ बुँदे एजेन्डामा छलफल हुनेछ। जसमा क्यानकाे निर्वाचन, मुख्य प्रशिक्षक नियुक्ति, एसिसी प्रिमियर कप आयोजना लगायतका विषय समावेश छन्। 

नाबालिगलाई बलात्कार गरेको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो। तर पुर्पक्षका लागि थुनामा राख्नु नपर्ने उच्च अदालतको आदेश अनुसार सन्दीप २० लाख धरौटीमा रिहा भैसकेका छन्।

उनी थुनामुक्त भएसँगै क्यानले निलम्बन फुकुवा गर्ने तयारी गरेकाे हाे।

१७ माघ, २०७९, १२:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।