मेस्सीकाे इन्स्टाग्राम ब्लक

मेस्सीकाे इन्स्टाग्राम ब्लक
तस्बिर : उर्वाना प्ले १०४.३ रेडियोको युट्युब च्यानलबाट

काठमाडौं : अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीले आफ्नो इन्स्टाग्राम ब्लक भएको बताएका छन्।

स्पेनिस रेडियाे उर्वाना प्लेसँग दिएकाे अन्तरवार्तामा मेस्सीले विश्वकप फुटबल जितेपछि आफ्नाे इन्स्टाग्राम ब्लक भएको बताएकाे इएसपीएन एफसीले लेखेको छ।

‘मेरो इन्स्टाग्राम केही दिनको लागि ब्लक भएको थियो,’ मेस्सीले अन्तरवार्तामा भनेका छन्, ‘विश्वकप जितेपछि मेरो इन्स्टाग्राममा करोडौं फ्यानकाे म्यासेज आएपछि इन्स्टाग्रामले मलाई ब्लक गरेछ।’

विश्वकप जितेपछि मेस्सीकाे याे पहिलाे अन्तरवार्ता हाे।

३५ वर्षपछि अर्जेन्टिनाले सन् २०२२ मा कतारमा भएकाे विश्वकप जितेको हो। फाइनल खेलमा उसले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो। अर्जेन्टिनाले मेस्सी जन्मनुभन्दा एक वर्षअघि विश्वकप जितेको थियो।

विश्वकप जितेसँगै मेस्सीले अन्तर्राष्ट्रिय खेल नखेल्ने अनुमान गरिएको थियो। यद्यपि ती अनुमान विपरीत उनले तेस्राे पटककाे विश्व विजेता टिमबाट खेल्न चाहेका हुन्।

उनी अहिले क्लब फुटबलका लागि फ्रान्समा छन्। उनी पेरिस सेन्ट जर्मनबाट खेल्दै आएका छन्। यसअघि उनी बार्सिलोनामा थिए।

१६ माघ, २०७९, २२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।