‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’

‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’

काठमाडौं : वर्षको प्रतिक्षित फिल्म ‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ।

गीतमा दीपकराज गिरीको अलवा दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकार देखिएका छन्।

दीपक र दीपा जोडीको रूपमा गीतमा प्रस्तुत हुँदा स्वस्तिमा र राज अर्को जोडीको रूपमा देखिएका छन्। थुप्रै कोरस समेत गीतमा राखिएको छ।

राजेन्द्र थापाको शब्द रहेको गीतमा डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर छ भने दीपक शर्माको संगीत भरिएको छ।

कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मलाई हेमराज बीसीले निर्देशन गरेका हुन्। राजनीति र समाजिक विषयमा निर्माण भएको फिल्म कमेडी जनरामा बनेको हो।

फिल्म १९ फागुनमा प्रदर्शन हुनेछ।

१६ माघ, २०७९, २२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।