कठ्यांग्रिदो जाडाेले अफगानिस्तानमा १६८ जनाको ज्यान लियाे

कठ्यांग्रिदो जाडाेले अफगानिस्तानमा १६८ जनाको ज्यान लियाे

एजेन्सीः कठ्यांग्रिदो जाडाेका कारण विगत एक महिनामा अफगानिस्तानमा १६८ जनाको मृत्यु भएको छ।

अफगानिस्तानकाे विपद् व्यवस्थापन अधिकारी रहमान जाहिदका अनुसार देशका विभिन्न २४ प्रान्तमा अत्यधिक चिसाेका कारण १६८ जनाको मृत्यु भएको हाे।

हिमपातका कारण देशैभर सयौं घरहरू भत्किएको बताइएकाे छ। त्यसैगरी, जाडाकाे कारण नै करिब ८० हजार गाईवस्तुको मृत्यु भएको जाहिदले बताएका छन्।

अफगानिस्तानमा आगामी दिनमा पनि कम्तीमा १९ प्रान्तमा हिमपात हुने चेतावनी दिइएकाे छ। अत्यधिक चिसाेका कारण त्यहाँकाे तापक्रम माइनस ३४ डिग्रीसम्म पुगेकाे बताइएकाे छ।

१६ माघ, २०७९, १७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।