गर्भनर अधिकारी र मेयर शाहबीच भेटवार्ता, सहकारी नियमनबारे छलफल

गर्भनर अधिकारी र मेयर शाहबीच भेटवार्ता, सहकारी नियमनबारे छलफल

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ।

सोमबार प्रमुख शाहको कार्यकक्षमा भएको भेटमा सहकारी क्षेत्रको वित्तीय व्यवस्थापनका विषयमा कुराकानी भएको महानगरपालिकाको कार्यालयले जनाएको छ।

भेटमा प्रमुख शाहले, महनगरको कार्यक्षेत्रमा रहेका सहकारीहरूमा सर्वसाधारणले बचत गरेको रकम सुरक्षा गर्न महानगरले अनुगमन र नियमनका कामलाई प्राथमिकता दिएको उल्लेख गरे। यसलाई थप प्रभावकारी बनाउन राष्ट्र बैंक र विज्ञहरूसँग सहकार्य गर्न तयार रहेको बताए।

गभर्नर अधिकारीले महानगरलाई आवश्यक सहयोग राष्ट्र बैंकले गर्ने प्रतिबद्धता व्यक्त गरे।

महानगरभित्र अहिले १ हजार ९५५ वटा सहकारी छन्। तीमध्ये १ हजार ६२८ वटा बचत तथा ऋण, २६४ वटा बहुउद्देश्यीय, १५ वटा कृषि, १३ वटा उपभोक्ता, ३ वटा सीपमुलक, २ वटा शिक्षामुलक, एउटा सञ्चार, ३ वटा श्रमिक, पर्यटन, साझा र चियाका एक÷एक वटा र अन्य ५ वटा सहकारी हुन्।

१६ माघ, २०७९, १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।