पाँच दिनमै ‘पठान’ ले कमायाे ५ सय करोड

पाँच दिनमै ‘पठान’ ले कमायाे ५ सय करोड

काठमाडौः हाल चर्चाकाे शिखरमा रहेकाे बलिउड चलचित्र ‘पठान’ ले पाँच दिनमा नै ५ सय कराेड भन्दा बढीकाे कमाइ गरेकाे छ।

‘पठान’काे विश्वभरबाट पाँचाै दिनसम्मकाे कमाइ ५ सय ४२ करोड भारतीय रुपैयाँ रहेकाे इण्डियन एक्सप्रेसले जनाएकाे छ।

बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार शाहरुख खान, दीपिका पादुकोण अभिनित चलचित्र पठानले रिलिजको पाँचाै दिनसम्ममा भारतबाट ३ सय ३५ करोड कमाइ गरेकाे हाे।

त्यसैगरी, भारत बाहिरबाट ‘पठान’काे पाँचाै दिनसम्मकाे कमाइ २ सय सात कराेड रहेकाे छ।

यससँगै ‘पठान’ रिलिजकाे पाँचाै दिनमा नै सर्वाधिक कमाइ गर्ने बलिउड फिल्मकाे सूचीमा १३ औं नम्बरमा उक्लिएकाे छ। 

१६ माघ, २०७९, १७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।