नेपालमा पहिलाेपटक हुँदै दीगो शहरी विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

नेपालमा पहिलाेपटक हुँदै दीगो शहरी विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं : स्थानीय योजना निर्माण मञ्चको पाँचौं अन्तर्राष्ट्रिय सम्मेलन पहिलोपटक नेपालमा हुने भएको छ।

एशिया प्रशान्त क्षेत्रका १३ देशका उच्च पदस्थ कर्मचारी र सम्बन्धित विषय विज्ञहरूको सहभागिता रहने सम्मेलन माघ १९ र २० गते काठमाडौंमा हुने शहरी विकास मन्त्रालयका प्रवक्ता प्रदीप परियारले जानकारी दिए।

दीगो, उत्थानशील र समावेशी समाज एवं शहरबस्ती निर्माणका लागि हातेमालो गर्ने उद्देश्यले जापान सरकारले सन् २०१८ मा ‘स्थानीय योजना निर्माण मञ्च’ गठन गरेको थियो।

मञ्चमा एशिया प्रशान्त क्षेत्रका नेपाल, जापान, लाओस, भियतनाम, चीन, भारत, युगाण्डा, मोजाम्बिक, भुटान, श्रीलंका, मलेशियालगायत १३ देश आवद्ध छन्।

सम्मेलन एक अर्काको सिकाइ तथा अनुभव आदानप्रदानका लागि फलदायी हुने मन्त्रालयको अपेक्षा छ।

युएन ह्याबिट्याट एशिया प्रशान्त क्षेत्रीय कार्यालयको संयोजनमा हरेक वर्ष यस सम्बन्धी बहस, छलफल, अन्तरक्रिया तथा अन्तर्राष्ट्रिय सम्मेलन हुने गर्छ।

सम्मेलनको पहिलो दिन अन्तराष्ट्रिय प्रतिनिधिहरूले काठमाडौं उपत्यका विकास प्राधिकरणले शहरी विकासमा गरेका कामबारे स्थलगत अवलोकन भ्रमण गर्नेछन्।

दोस्रो दिन नेपालको क्षेत्रीय योजना र विकासको मार्गचित्र सम्बन्धी नेपाल विशेष सत्र र केस स्टडीहरू प्रस्तुत गरिने मन्त्रालयले जनाएकाे छ।

१६ माघ, २०७९, १७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।