पाकिस्तानको मस्जिदमा बम विस्फोट हुँदा १७ जनाको मृत्यु, १० जना गम्भीर

पाकिस्तानको मस्जिदमा बम विस्फोट हुँदा १७ जनाको मृत्यु, १० जना गम्भीर

एजेन्सी : पाकिस्तानको पेशावर शहरको मस्जिदमा सोमबार दिउँसो बम विस्फोट हुँदा १७ जनाकाे मृत्यु भएकाे छ।

विष्फोटमा २० जनाभन्दा बढि घाइते भएको र केही घाइतेको अवस्था गम्भीर रहेको उद्धारकर्मीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। त्यसमध्ये १० जनाकाे अवस्था गम्भीर छ।

स्थानीय अधिकारीका अनुसार घाइतेहरूलाई पेशावरको लेडी रिडिङ अस्पतालमा भर्ना गरिएको छ। इस्लामावादका आईजीले पेशावरमा भएको विस्फोटपछि उच्च सतर्कता जारी गरेका छन्।

महत्वपूर्ण भवन र महत्वपूर्ण स्थानमा स्नाइपर तैनाथ गरिएको छ। नागरिकलाई घरबाहिर निस्कँदा आफ्ना महत्वपूर्ण कागजातहरू साथमा राख्न आग्रह गरिएको छ।

पाकिस्तानको टिभी च्यानलमा आइरहेका तस्बिरमा धेरै एम्बुलेन्स घटनास्थलमा पुगेको देखिन्छ। तस्बिरमा प्रहरीको बाक्लो उपस्थिति देखिन्छ।

पाकिस्तानको निजी न्यूज च्यानल जियो टिभीले अस्पताललाई उद्धृत गर्दै अहिलेसम्म झण्डै ५० जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ।

एक प्रत्यक्षदर्शीले जियो टिभीलाई भने, ‘विस्फोट हुनुअघि म मस्जिदतर्फ जाँदै थिए। भर्खरै नमाज शुरू भएको थियो। विस्फोटबाट एउटा आर्क भत्कियो।’

१६ माघ, २०७९, १६:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।