शेयर बजारमा दोहोरो अंकको गिरावट, दुई कम्पनीमा सकारात्मक सर्किट

शेयर बजारमा दोहोरो अंकको गिरावट, दुई कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं : कारोबार हुने साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।

सोमबार नेप्से परिसूचक ४१.०१ अंकले घटेर २१२७.५२ विन्दुमा झर्दा क वर्गको कम्पनीको कारोबार हेर्ने सेन्सेटिभ परिसूचक ७.३३ अंकले घटेर ४०२.९८ विन्दुमा आइपुगेको छ।

बजार घटे पनि कारोबार रकम भने ३ अर्बभन्दा माथिको भयाे। यसदिन २५६ कम्पनीको ८८ लाख ३६ हजार ४८८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३० करोडभन्दा बढिको कारोबार भयो।

आज सबै १३ उपसूचक समूह नै राताम्मे रहे। सबैभन्दा बढि होटल तथा पर्यटन ३.६१ प्रतिशतले घट्दा फाइनान्स समूह ३.४२ प्रतिशतले घट्यो। अन्य समूह पनि सबै घटेका छन्।

बजार घट्दा पनि सोमबार दुई कम्पनीमा सकारात्मक सर्किट लागेको छ। यसदिन लुम्बिनी जनरल इन्स्योरन्स र आदर्श लघुवित्तको शेयर आज १० प्रतिशतले बढ्यो।

उता कारोबारको हिसाबले भने सूर्यज्योति लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि रह्यो। उसले १७ करोडको कारोबार गर्दा रिदी हाइड्रोपावर कम्पनीको १० करोडको कारोबार भयाे।

१६ माघ, २०७९, १५:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।