आत्मदाहको प्रयास गरेकालाई बचाउन जानेकाे मृत्यु

आत्मदाहको प्रयास गरेकालाई बचाउन जानेकाे मृत्यु

पोखरा : कास्कीमा आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउन जाँदा जलेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका–१३ काहुँखोलास्थित संगीता सापकोटाको घरमा व्यवसाय गरेका कृष्णबहादुर क्षेत्रीले आत्मदाहको प्रयास गरेपछि उनलाई बचाउन गएकी सापकोटाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवाष तिमिल्सिनाले जानकारी दिए।

क्षेत्रीले शरीरमा पेट्रोल खन्याएर आगो लगाउँदै गरेको देखेपछि जोगाउन गएकी उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो। उनको शरीर ९० प्रतिशतभन्दा बढि जलेको थियो।

आत्मदाहको प्रयास गरेका क्षेत्रीको अवस्था भने सामान्य छ।

क्षेत्री विगत एक दशकदेखि मृतक सापकोटाको घरमा स्टेशनरी पसल चलाउँदै आएका थिए। उनकी श्रीमती, दुई छोरी र एक छोरा छन्।

१६ माघ, २०७९, १५:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।