मेस्सी, नेयमार र एम्बाप्पे तीनै जना खेलेर पनि पीएसजीलाई जित दिलाउन सकेनन्

मेस्सी, नेयमार र एम्बाप्पे तीनै जना खेलेर पनि पीएसजीलाई जित दिलाउन सकेनन्

एजेन्सीः मेस्सी, नेयमार र एम्बाप्पे तीनै जना स्टार खेलाडी खेले पनि पीएसजीले फ्रेन्च लिग वानकाे खेलमा रेइम्ससँग जित हात पार्न सकेन।

१० जनामा समेटिएकाे लिग लिडर पीएसजीले खेलकाे इन्ज्युरी समयमा सम्हालिन नसक्दा रेइम्ससँग १-१ गाेलकाे बराबरीकाे खेल खेल्याे।

घरेलु मैदानमा खेलकाे ५१औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए।

यसपछि खेलकाे ५९औं मिनेटमा मार्को भेराट्टी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि पीएसजी १० जनामा समेटिन पुग्यो।

यसैकाे फाइदा उठाउँदै इन्ज्युरी समयको पनि छैटौं मिनेटमा रेइम्सका बालोगनले गोल गर्दा खेल बराबरीमा सकियाे।

यस बराबरी पछि लिग लिडर पीएसजी २० खेलबाट ४८ अंक सहित लिगकाे पहिलाे स्थानमा यथावत छ। दाेस्राे स्थानमा रहेकाे लेन्सकाे भने समान खेलबाट ४५ अंक छ।

१६ माघ, २०७९, १२:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।