इन्ज्युरी समयमा गाेल खान पुग्दा डिफेन्डिङ च्याम्पियन लिभरपुल एफए कपबाट बाहिरियो

इन्ज्युरी समयमा गाेल खान पुग्दा डिफेन्डिङ च्याम्पियन लिभरपुल एफए कपबाट बाहिरियो

एजेन्सीः डिफेन्डिङ च्याम्पियन लिभरपुल एफए कपकाे चाैथाे चरणबाटै बाहिरिएकाे छ। 

ब्राइटनसँगकाे खेलमा इन्ज्युरी समयमा गाेल खाँदै लिभरपुल २-१ काे पराजयसँगै प्रतियाेगिताबाट बाहिरिएकाे हाे।

खेलमा अग्रता भने पाहुना टाेली लिभरपुलले खेलको ३०औं मिनेटमा नै एलिओटको गोलमार्फत लिएकाे थियाे। 

तर यसकाे नाै मिनेट पछि नै घरेलु टोली ब्राइटनका लागि लेविस डंकले बराबरी गाेल फर्काए।

खेल बराबरीमा सकिनै लाग्दा इन्ज्युरी समयमा काओरु मिटोमाले गोल गर्दा लिभरपुल २–१ पराजित भयाे। याे हारसँगै याे सिजन खराब लयमा रहेकाे लिभरपुलकाे एफए कपकाे उपाधि रक्षा गर्ने सपना पनि सकिएकाे छ।

१६ माघ, २०७९, १२:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।