आत्मनिर्भर लघुवित्तकाे आईपीओ खुला, कसले दिन पाउँछन् आवेदन?

आत्मनिर्भर लघुवित्तकाे आईपीओ खुला, कसले दिन पाउँछन् आवेदन?

काठमाडाैंः आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेकाे छ।

कम्पनीले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मात्र आईपीओको बिक्री खुला गरेको हो।

कम्पनीले दुई करोड तीन लाख ३८ हजार रुपाैयाँ बराबरको प्रति सेयर १०० दरका दुई लाख तीन हजार तीन सय ८० कित्ता साधारण सेयरमध्ये २० हजार तीन सय ३८ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरेको छ।

निष्कासित सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आगामी फागुन १ भित्र आवेदन दिनुपर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता सेयरसम्मको आवेदन दिन सक्नेछन्। 

वैदेशिक रोजगारीमा रहेका नेपालीले यही माघ १६ देखि आगामी फागुन १ गतेभित्र आवेदन दिनुपर्ने छ। सर्वसाधारणका लागि भने आगामी फागुन ११ गतेदेखि १५ गतेसम्म आवेदन खुला हुने बताइएकाे छ।

केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी बी प्लस इस्युअर’ रेटिङ दिएकाे छ।

१६ माघ, २०७९, १२:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।