दोहोरो अङ्कले ओरालो लाग्याे नेप्से, १६१ कम्पनीको मूल्यमा गिरावट

दोहोरो अङ्कले ओरालो लाग्याे नेप्से, १६१ कम्पनीको मूल्यमा गिरावट

काठमाडाैंः साताकाे पहिलाे काराेबार दिन, आज नेप्से परिसूचक दोहोरो अङ्कले घटेकाे छ। आइतबार नेप्से परिसूचक १४.६८ अङ्कले ओरालो लागेर २१६८.५३ विन्दुमा सीमित भएको हाे।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.८३ अङ्कले ओरालो लागेर ४१०.३१ मा सीमित भएको छ। नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ११ उपसमूहको सेयर मूल्यमा गिरावट भएको छ।

कारोबार भएकामध्ये कूल ४८ कम्पनीको सेयर मूल्यमा बृद्धि भएको छ भने १६१ कम्पनीको मूल्यमा गिरावट भएको छ।

आज कूल ८२ लाख ७६ हजार सात सय ५१ कित्ता सेयर रू तीन अर्ब एक करोड ७० लाख ६३ हजार नौ सय ५६ मूल्यमा कारोबार भयो। 

कारोबारका आधारमा आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा छ। यस कम्पनीको रु नौ करोड ९९ लाख चार हजार तीन सय ९२ बराबरको कारोबार भयो । 

नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, आर्दश लघुवित्त र सूर्यो ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

१५ माघ, २०७९, १६:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।