शाहरुख खानले भने- 'सलमान भाइ GOAT हुन्'

शाहरुख खानले भने- 'सलमान भाइ GOAT हुन्'

काठमाडाैं : बलिउड सुपरस्टार शाहरुख खानले एक प्रयोगकर्ताको ट्वीटको जवाफ दिँदै सलमान खानलाई ‘GOAT’ भनेका छन्।

शाहरुख खानलाई ट्याग गर्दै लिखित शेट्टी नामक ट्वीटर प्रयाेगकर्ताले लेखेका थिए,"शाहरुख सर पठान बक्स अफिसमा हिट भयाे तर सलमान खानकाे सामना गर्न सक्नुहुन्न।"

त्यसकाे जवाफमा शाहरुख खानले लेखे, "सलमान भाई...आजकलका केटाहरूले के भन्छन् रे त्याे...अँ GOAT हुन्(सबै समयको महान)।"

ट्वीटरमा शाहरुख खानले १५ मिनेटसम्म प्रश्न सोध्ने कार्यक्रम राखेका थिए। त्यसमा सलमान खानकाे बारेमा शाहरुखले कयाैं जवाफ दिएका छन्।

सलमान खानका एक फ्यान शाहरुखको पठान हेर्न गएका थिए। फिल्म हेरेपछि यी फ्यान सलमानको सट्टा शाहरुखको फ्यान भएकाे समेत भारतीय सञ्चारमाध्यमा आएका थिए।

दाउद स्पिक नामका एक प्रयोगकर्ताले लेखेका छन्, ‘टाइगरको फ्यान भएर गएको थिएँ, पठानको फ्यान भएर आएँ।'

जवाफमा शाहरुखले लेखेका छन्, "म पनि टाइगरको फ्यान हुँ। मलाई आफ्नो मुटुमा उहाँसँगै राख्नुस्।"

शाहरुख खान चार वर्षपछि फिल्म पठानबाट पर्दामा फर्किएका हुन्। फिल्ममा सलमान खानको क्यामियो पनि देख्न सकिन्छ।

१४ माघ, २०७९, २०:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।